खेलकुद

सागकी स्वर्णधारी सन्तोषी १० हजार मिटरमा शीर्षस्थानमा

इकागज |
असोज २९, २०७९ शनिबार ११:१२ बजे

पोखरा- गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्सतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण हात पारेकी छन् । पोखरा रंगशालामा भएको महिलातर्फको १० हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जितेकी हुन् ।

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा समेत स्वर्ण हात पारेकी सन्तोषीले ३६ मिनेट तथा १२.३६ सेकेन्डमा निर्धारित दूरी पुरा गर्दै स्वर्ण हात पारिन् ।


यता नेपाल पुलिस क्लबकी राजपुरा पछाईले ३६ मिनेट तथा २९.४५ सेकेन्डमा रजत र नेपाल एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट तथा ०४.२ सेकेन्डमा कास्य हात पारिन् ।


Author

थप समाचार
x