खेलकुद

विश्वकप २०२२ बाट कतार बाहिरियो, अन्तिम १६ मा पुग्ने कसको सम्भावना कति ?

इकागज |
मंसिर १०, २०७९ शनिबार ०:६ बजे

काठमाडौं । कतारमा जारी र फिफा विश्वकप फुटबल २०२२ बाट आयोजक राष्ट्र बाहिरिएको छ । समूह ए को दोस्रो चरणको दोस्रो खेलमा नेदरल्याण्डस् र इक्वेडरले बराबरी खेलेसँगै कतार अन्तिम १६ पुग्ने समीकरण सकिएको हो । 

समूह चरणबाट बाहिरिने पहिलो राष्ट्र समेत आयोजक राष्ट्र बनेको छ। समूह चरणकै अर्काै खेल कतारले नेदरल्याण्डससँग खेल्नेछ । कतारका लागि सो खेल प्रतिष्ठाको खेल मात्रै हुने भएको हो । 


सो खेल जिते पनि कतारका लागि प्रतियोगितामा अगाडि बढ्न कुनै अर्थ राख्ने छैन । किनकि समूह ए मा दुई÷दुई खेल खेलेका नेदरल्याण्डस र इक्वेडरको समान चार अंक छ । भने सेनेगलको तीन अंक छ । कतारले अंकको खाता खोल्न सकेको छैन ।

शीर्षमा रहेको नेदरल्याण्डस्ले कतारलाई जितेको अवस्थामा ७ अंक बटुल्दै समूह बिजेता बनेर अन्तिम १६ मा पुग्नेछ । बराबर खेले या हार व्यहोरे इक्वेडर र सेनेगलबीच हुने खेले निर्भर राख्दछ ।

यदि इक्वेडरले र सेनेगलले बराबरी खेलेमा पनि नेदरल्याण्डस्ले कतारसँग हार व्यहोरे पनि अन्तिम १३ मा पुग्दछ ।त्यो अवस्थामा सेनेगल र नेदरल्याण्ड्सको अंक बराबर भए पनि गोल अन्तरको आधारमा नेदरल््याण्डसको सम्भावना धेरै भएको हो । यस्तो हुँदा इक्वेडर समूह विजेता हुँदै अन्तिम १६मा पुग्नेछ ।
अहिले यस समूहमा नेदरल्यान्ड्स ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

इक्वेडर ४ अंक जोडेर दोस्रो तथा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
 


Author

थप समाचार
x