खेलकुद

एनएसजेएफ स्पोर्टस अवार्ड : अञ्जन विष्ट बने वर्ष उत्कृष्ट पुरुष खेलाडी

इकागज |
फागुन २३, २०७९ मंगलबार १७:३१ बजे

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली राष्ट्रिय फाुटबल टिमका फरवार्ड अञ्जन विष्टलाई उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड दिएको छ । यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका थिए ।

उनीहरुलाई पछि पार्दै फुटबलर अञ्जनले यो अवार्ड हात पारेका हुन् । पल्सर स्पोर्ट्स अवार्ड २०७८ आयोजना गर्दै मञ्चले उनलाई यो अवार्ड दिएको हो ।
एनएसजेएफले आज अवार्ड वितरण कार्यक्रम गरेको थियो । विभिन्न पाँच विधामा अवार्ड दिइएको हो । एनएसजेएफले यस वर्षको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा भव्य समारोहबीच आयोजना गरेको थियो ।


मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ ।

१९ औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिएको थियो । 

विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाए । यस वर्षदेखि युवाका विजेतालाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको मञ्चले जनाएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरियो।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । सहप्रायोजकहरूमा सूर्य नेपाल प्रालि, ई–सेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा होटल ग्रुप, सुबिसु र न्यु होराइजन कार्पेट इन्डस्ट्री रहेका छन् । सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् छन् ।
 


Author

थप समाचार
x