खेलकुद

सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारबाट

इकागज |
चैत १३, २०७९ सोमबार १४:५६ बजे

काठमाडौँ- नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनले मंगलबारबाट सूर्य नेपाल गल्फ टूरअन्तर्गतको सूर्य नेपाल च्यालेन्ज आयोजना गर्दैछ । एसोसियसनले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनका महासचिव दिपक आचार्यले शुक्रबारसम्म चल्ने प्रतियोगितामा ७ अमेच्योरसहित ३८ गल्फरको सहभागिता रहने बताए । ७२ होलको प्रतियोगितामा ३६ होलमा कट लागू हुनेछ ।


प्रतियोगिताको विजेताले १ लाख, दोस्रो हुनेले ६५ हजार तथा तेस्रो हुनेले ४६ हजार पाउनेछन् । प्रतियोगिताको शीर्ष २१ खेलाडीले नगद पुरस्कार पाउने आचार्यले जनाए ।
प्रतियोगितामा भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामासहितका खेलाडीको सहभागिता रहेनछ । नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले प्रतियोगितामा कीर्तिमान कायम हुने अपेक्षा रहेको बताए ।


Author

थप समाचार
x