खेलकुद

लिभरपुल र सिटीले बराबरी खेल्दा टोटेनहमको शानदार जित

इकागज |
फागुन २८, २०८० सोमबार १०:४८ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत उपाधि दावेदार लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।

आइतबार राति सम्पन्न खेलमा लिभरपुल र साविक विजेता म्यानचेस्टर सिटीले १-१ गोलको बराबरी खेलेका हुन् ।


जोन स्टोन्सले २३ औँ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएपनि लिभरपुलका अलेक्सिस म्याक अलिस्टरले ५० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

यससँगै समान २८ खेलबाट आर्सनल र लिभरपुलले ६४-६४ अंक जोडेपनि गोलअन्तरका आधारमा आर्सनल शीर्ष स्थानमा छ । लिभरपुल भने दोस्रो स्थानमा यथावत छ ।

तेस्रो स्थानमा यथावत रहेको सिटीले भने ६३ अंक हात पारेको छ ।

यता पाँचौँ स्थानको टोटेनहमले चौथो स्थानको एस्टन भिल्लालाई ४-० गोलअन्तरले हरायो । टोटेनहमको जितमा जेम्स म्याडिसन, ब्रेनान जोनसन, सन हेउङ-मिन र टिमो वेर्नरले १-१ गोल गरे ।

जितसँगै टोटेनहमले २७ खेलबाट ५३ अंक जोड्दा २८ खेलबाट एस्टन भिल्लाले ५५ अंक हासिल गरेको छ ।


Author

थप समाचार
x