खेलकुद

पुरानो मन्त्री निवासलाई खेलाडी आवास बनाइने

इकागज |
चैत ४, २०८० आइतबार १६:५० बजे

काठमाडौँ- ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवास बनाइने भएको छ ।

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले आइतबार मन्त्री निवासलाई खेलाडी आवास बनाउने योजना अघि बढाइएको बताएका हुन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठको उक्त योजना सार्वजनिक गरेको हो ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् राखेपले मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्न प्रस्ताव गरेको थियो ।


Author

थप समाचार
x