खेलकुद

सूर्य नेपाल गल्फ टूरमा प्रो भुवन र एमेच्योर राहुल शीर्ष स्थानमा

इकागज |
चैत १२, २०८० सोमबार १७:४६ बजे

काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्त रूपमा शीर्षस्थानमा रहेका छन। उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाए ।

भुवन र राहुलले १८ होलको समाप्तिमा तीन प्रोफेसनल खेलाडीहरू रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई १ स्ट्रोकले पछि पारे । रमेश, रवि, निरज र विजयले आज  २-अन्डर ७० को स्कोर दर्ज गरे ।


एमेच्योर सदभाव आचार्य १-अन्डर ७१ सहित सातौं स्थानमा रहेका छन । युवराज भुजेल, जयराम श्रेष्ठ, सञ्जय लामा र बलभद्र राई इभन-पार ७२ सहित संयुक्त रूपमा आठौँ स्थानमा रहे ।

प्रो तोरण शाहीले पहिलो दिन व्यक्तिगत कारण खेल सुरू हुनुभन्दा अगाडि नाम फिर्ता लिए ।‌ चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी कुल ४४ गल्फरको सहभागिता रहेको छ ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो र तेस्रो हुने गल्फरले क्रमश: ९६ हजार र ७२ हजार नगद हात पार्नेछन् ।

३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्ने छन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ । कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।


Author

थप समाचार
x