खेलकुद

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन चैत २४ मा

इकागज |
चैत १७, २०८० शनिबार १२:७ बजे

काठमाडौँ- दोस्रो संस्करणको लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन चैत २४ गते आयोजना हुने भएको छ ।

विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा लुम्बिनीमा चैत २४ गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन आयोजना गरिने आयोजकले एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।


गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुने म्याराथनअन्तर्गत महिलाका लागि हाफ म्याराथन, ५ किलोमिटर खुल्ला दौड तथा विद्यालयका छात्र/छात्राका लागि ५ किलोमिटर दौड पनि समावेश गरिएका छन् ।

म्याराथनको विजेता ५ लाख, उपविजेताले ३ लाख तथा तेस्रो हुनेले २ लाख पाउने आयोजकले जनाएको छ । त्यसैगरी, चौथोले १ लाख, पाँचौँले ८० हजार तथा छैटौंले ६० हजार पाउनेछन् ।

महिलातर्फको हाफ म्याराथन विजेताले २ लाख, दोस्रो हुनेले १ लाख ६० हजार तथा तेस्रोले १ लाख २० हजार पाउनेछन् ।

५ किलोमिटर खुल्ला दौड तथा विद्यालयका छात्र/छात्रातर्फको विजेताले समान १५ हजार, १० हजार र ५ हजार पाउने भएका छन् ।


Author

थप समाचार
x