खेलकुद

जर्मनीका समर्थकहरुले नाजी प्रतीकको रुपमा रहेको ४४ नम्बरका खेलकुद सामाग्री किन्न नपाउने

इकागज |
चैत २०, २०८० मंगलबार १०:४३ बजे

काठमाडौँ- खेलकुद सामाग्री निमार्ता एडिडासले जर्मनीका समर्थकहरुलाई नाजी प्रतीकको रुपमा रहेको ४४ नम्बरका खेलकुद सामाग्री खरिदमा रोक लगाएको छ ।

जर्मनी फुटबल टिमका लागि बनाएको 'कस्टमाइज्ड किट्स' मा ४४ नम्बर दोस्रो विश्वयुद्धको समयमा नाजी एसएससँग मिलेको भन्दै संचारमाध्यममा सो विषयलाई उठाइएको बीबीसीले जनाएको छ ।


संचारमाध्यममा उक्त विषयले चर्चा पाएपछि एडिडासले जर्मनीका समर्थकहरुलाई ४४ नम्बरको खेलकुद सामाग्री खरिदमा रोक लगाएको बीबीसीले उल्लेख गरेको छ ।

नाजीहरूले गरेको मानवता विरुद्धको अपराधका लागि 'एसएस युनिट' सबैभन्दा बढी जिम्मेवार रहेको बताइन्छ ।

एसएस रुन नाजी युनिटको प्रयोगको लागि १९२९ मा डिजाइन गरिएको थियो । एसएसका सदस्यहरू गेस्टापो एजेन्टहरूदेखि कन्सन्ट्रेसन क्याम्पका गार्डहरूसम्म थिए । एसएस युनिटको कामहरुमा मृत्यु शिविरहरू व्यवस्थापन गर्ने जिम्मेवारी समावेश थियो जहाँ लाखौं यहूदीसँगै अरूलाई मारिएको बीबीसीले उल्लेख गरेको छ ।


Author

थप समाचार
x