खेलकुद

फ्रेन्च ओपन टेनिसमा नाडालसँग अन्तिमपटक भिड्ने जोकोभिचको चाहना

इकागज |
चैत २६, २०८० सोमबार १६:१८ बजे

काठमाडौँ- फ्रान्सको मोन्टे कार्लो मास्टर्स टेनिस प्रतियोगिताबाट नाम फिर्ता लिएपछि २२ पटकका ग्रान्ड स्लाम विजेता राफायल नाडालको फ्रेन्च ओपन खेल्नेबारे आशंका व्यक्त भइरहेको छ ।

तर विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले भने अन्तिमपटक नाडालसँग फ्रेन्च ओपनमा भिड्न चाहेको बताएका छन् ।


फ्रेन्च ओपन टेनिस आगामी मे २० देखि जुन ९ तारिखसम्म आयोजना हुँदैछ । तर त्यसअघि अप्रिल ७ बाट सुरु भएको मोन्टे कार्लो मास्टर्सबाट ३७ वर्षीय स्पेनिस टेनिस खेलाडी नाडालले आफ्नो नाम फिर्ता लिएका छन् ।

जसका कारण नाडालले फ्रेन्च ओपन पनि गुमाउन सक्ने आशंका व्यक्त भइरहेको छ । साथै नाडालले सन् २०२४ पछि सन्यासको लिने अपेक्षा गरिएको छ ।

तर सर्वियन खेलाडी जोकोभिचले भने नाडालविरुद्धको प्रतिद्वन्द्विताको अन्तिम खेल फ्रेन्च ओपनमा खेल्न चाहेको बताएका अल-जजिराले जनाएको छ ।

जोकोभिचले नाडालले सन्यास लिनुअघि थप एक प्रतियोगितामा सहभागिता जनाओस भन्ने अपेक्षा गरेका हुन् ।


Author

थप समाचार
x