खेलकुद

पेरिस ओलम्पिकका लागि अभूतपूर्व सुरक्षा व्यवस्था

इकागज |
बैशाख ५, २०८१ बुधबार ११:४५ बजे

काठमाडौँ- यसै वर्ष फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिक गेम्सका लागि अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पेरिस ओलम्पिकका प्रमुख टोनी एस्टान्गुएटले ओलम्पिकका लागि अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको र ओलम्पिकको तयारी राम्रो अवस्थामा रहेको बताएका बीबीसीले उल्लेख गरेको छ ।


तर ओलम्पिक सुरु हुन करिब एक सय दिन बाँकी रहँदा अन्तिम अवस्थामा जे पनि हुन सक्ने बारे आयोजक सगज रहेको टोनीले जनाए ।

उनले ओलम्पिक आयोजनाका लागि अहिलेको तयारी संतोषजनक रहेको दावी गरे ।


Author

थप समाचार
x