खेलकुद

जोकोभिचको २१ औँ ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्य बलियो

इकागज |
भदौ २४, २०७८ बिहीबार १२:२० बजे

काठमाडौँ-नोभाक जोकोभिच यूएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार सम्पन्‍न पुरुष एकलतर्फको क्‍वार्टरफाइनल भिडन्तमा जोकोभिचले माटियो बेरेटेनीलाई पराजित गरेका हुन् । सेमिफाइनल प्रवेश गरेसँगै जोकोभिच २१ औँ ग्रान्डस्लाम उपाधि नजिक पुगेका छन् । 

बुधबारको खेलमा विश्व नम्बर आठ बेरेटेनी पहिलो सेटमा ७-५ ले अघि रहे । तर बाँकी तीन सेटमा भने जोकोभिच सहजै विजयी बने । सर्बियन स्टारले तेस्रो, चौथो र पाँचौँ सेट क्रमशः ६-२, ६-२ र ६-३ ले जिते । जारी यूएस ओपनमा जोकोभिचले पछिल्ला दुई खेलमा पनि सुरुवाती सेटहरुमा पराजय भोगेका थिए । 


जाकोभिच र इटालीका २५ वर्षिय खेलाडी बेरेटेनीबीचको भिडन्त टेनिस समर्थकहरूका लागि व्यग्र प्रतिक्षाको विषय बनेको थियो । किनभने यी दुई खेलाडी यसै वर्षको विम्बल्डन फाइनलमा पनि आमनेसमाने भएका थिए । बुधबारको खेल बाहेक यसअघि नै तीन पटक भिडिसकेका यी दुई खेलाडीको भेट फ्रेन्च ओपनको क्‍वार्टरफाइनल मा पनि भेट भएको थियो । 

जोकोभिचले सेमिफाइनलमा अलेकजन्डर ज्वेरेभको सामना गर्नेछन् । यी दुई खेलाडीको भेट टोकियो ओलम्पिकको सेमिफाइनलमा भएको थियो । जसमा ज्वेरेभ विजयी बनेका थिए । ज्वेरेभ हाल १६ खेलमा अपराजित छन् । यूएस ओपनको अन्तिम चारमा प्रवेश गर्न दक्षिण अफ्रिकाका लोयड ह्यारिसलाई पराजित गरेका थिए । 


Author

थप समाचार
x