खेलकुद

डर्टमन्डको जितमा हालान्ड नायक

इकागज |
भदौ २६, २०७८ शनिबार २१:४० बजे

काठमाडौँ - एर्लिङ हालान्डले दुई गोल गरेपछि बुन्डेसलिगामा बोरुसिया डर्टमन्डले शनिबार राति बायर्न लेभरकुजनलाई ४–३ ले पराजित गरेको छ । डर्टमन्डलाई सिजनको तेस्रो जित निकाल्न मद्दत गर्न हालान्ड बाहेक युलियान ब्रान्ट र राफाएल गुरेरोले पनि एक-एक गोल गरे । 

लेभरकुजनबाट फ्लोरियन रिज, प्याट्रिक सिक र मौसा डियाबीले गोल फर्काए । जितसँगै डर्टमन्ड अंक तालिकाको दोस्रो स्थानमा छ । पराजित लेभरकुजन भने चार खेलबाट सात अंक बनाउँदै पाँचौँ स्थानमा सीमित छ । 


बुन्डेसलिगामा शनिबार नै भएका अन्य खेलमा वुल्फ्सबर्गले ग्रुएथर फर्थलाई र मेन्जले होफाइनहमलाई पराजित गरे । वुल्फ्सबर्ग र मेन्जले समान २-० को जित हासिल गरे । उता एफसी कोलोनले फ्राइबर्गसँग १–१ को बराबरी खेल्यो भने अग्सबर्ग युनियनसँग गोलरहित बराबरीमा रोकियो । 


Author

थप समाचार
x