खेलकुद

फुटबलको बन्द प्रशिक्षणमा १७ खेलाडी बोलाइए

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १७:१ बजे

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि १७ जना खेलाडीलाई बोलाएको छ । टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कपको तेस्रो चरणको छनोटका लागि जारी बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

प्रशिक्षक अलमुताइरी र खेलाडीबीच जारी विवादसँगै अलमुताइरीले बन्द प्रशिक्षणका लागि नयाँ खेलाडी बोलाएका हुन् ।


बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा विकेश कुथु, विशाल सुनार, अविशेक बराल, आकाश बुढामगर, आशिष चौधरी, विकाश तामाङ, जर्ज प्रिन्स कार्की, मनिस जर्गा मगर, निर कुमार राई, राजन गुरुङ, रोशन रानामगर, रुप बहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङदेम्वे, शिव गुरु, सुनिल श्रेष्ठ र सुसिल राई रहेका छन् ।


Author

थप समाचार
x