पर्यटन

कञ्चनजंघा  क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने

इकागज |
असार १२, २०८० मंगलबार २१:९ बजे

फाइल फोटो

ताप्लेजुङ - ताप्लेजुङमा अवस्थित विशवको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने भएको छ । 

कञ्चनजंघा अवलोकन गर्न  पर्यटकलाई सहजता ल्याउनका लागि फक्ताङलुङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा अक्सिजन सिलिण्डर राख्ने भएको हो । फक्ताङलुङ गाउँपालिकाले गत आइताबार १३ औँ गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पर्यटकको स्वास्थ्य संवेदनशीलतालाई दृष्टि गरी  कञ्चनजंघा आधार शिविरसहितका क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डरसहितका उपकरण राख्ने निर्णय गरिएको छ । 


कञ्चनजंघा आधार शिविर पाङ्पेमासहित लोनाक, खम्बाछेन, याङ्मा, मौवाटार, सिङ्जेमा ताल र टिपताला भञ्ज्याङमा यो सुविधा प्रदान गर्ने गाउँपालिकाले घोषणा गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । कञ्चनजंघा आधार शिविरमा आउने पर्यटक अक्सिजनको कमीले बीच बाटोदेखिनै फर्कनुपर्ने देखि हेलिकप्टर चार्टर गर्नेसम्म अवस्था विगतका वर्षहरुमा हुँदै आएको थियो ।

 गाउँपालिकाले लिएको कञ्चनजंघा आधार शिविर क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर नीति कार्यक्रम राम्रो भए पनि व्यस्थापन पक्ष अझ महत्त्वपूर्ण रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक जितेन चेम्जोङले बताए । 

चोम्जोङका अनुसार कञ्चनजंघा हिमाल आरोहण गर्न आउनेले भने आफैँ अक्सिजन लिएर आउने गरे पनि टे«किङका लागि आउने आन्तरिक तथा बाह्य पयटनका लागि भने अक्सिजन व्यवस्थापन गर्न आवश्यक रहेको छ ।

 उनले भने, “अक्सिजनका अभावले गर्दा म नै दुई पटक हेलिकप्टर चाटर गर्नुपरेको थियो । गत वर्ष मात्र एक पर्यटक अक्सिजन अभावकै कारणले ज्यान गुमाउन परेको थियो ।” प्रत्येक वर्ष पाँच सयदेखि हजारको हाराहारीमा बाह्य पर्यटक कञ्चनजंघा क्षेत्रको अवलोकन गर्दै आएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकले जनाएको छ । रासस


Author

थप समाचार
x