पर्यटन

यति एयरलाइन्सले बंगलादेशबाट खरिद गरेको दुई वटा जहाज आउँदै

इकागज |
माघ ३, २०८० बुधबार ११:२६ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- यति एयरलाइन्सले दुई वटा विमान खरिद गर्ने भएको छ । आन्तरिक उडानतर्फ नियमित उडान भइरहेका ठाउँमा थप जहाजको संख्या बढाउन लागिएको यति एइरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यति एयरलाइन्सले खरिद गर्न लागेको आगामी दुई साता भित्रमा जहाज नेपाल आइपुग्ने उनले बताए । उनका अनुसार बंगलादेशबाट नयाँ खरिद गर्न लागिएको हो । एयरलाइन्ससँग अहिले भएकै जस्तै नयाँ जहाज आइपुग्ने छ ।


‘नियमित उडान भइरहेको ठाउँमा उडान संख्या बढाउन लागिएको छ,’ बर्तौलाले भने,’  जहाजको संख्या घटेकाले जहाज थप्न खोजेको हो । व्यापार बिस्तार गर्नलाई मात्र जहाज थप्न लागेका छौ ।‘

हाल यति एइरलाइन्सको विभिन्न रुटमा उडान गर्नका लागि पाँच जहाजको संख्या रहेको छ । नयाँ खरिद गरेसँगै यति एयरलाइन्ससँग सात वटा जहाज पुग्ने भएको छ ।


Author

थप समाचार
x