विश्वकप २०२२

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) मा कांग्रेसका खाँ विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार १०:४६ बजे

बुटवल- रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले ८ हजार २ सय ६५ पाएका छन भने जनमत पार्टीका अर्जुन प्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाए ।


निर्वाचन अधिकारी देवेन्द्र आचार्यका अनुसार अहिले प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेको र उता पनि प्रदेश सभा सदस्यको मत हुन सक्ने भएकोले खाँलाई विजयी घोषणा गरिएको छैन ।

प्रतिनिधि सभा सदस्यको मतगणना पछि मात्र प्रदेश सभा सदस्यहरूलाई विजयी घोषणा गरिने उनले बताए ।


Author

थप समाचार
x