विश्व

हंगेरीमा संकटकाल घोषणा

इकागज |
जेठ ११, २०७९ बुधबार २०:४८ बजे

बुडापेस्ट-  रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा संटकाल घोषणा गरिएको छ । 

नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मंगलबार नयाँ सरकार गठनसँगै संटकाल घोषणा गरेका हुन् ।


उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ । 

संटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी दिए । 

रुस र युक्रेन बीचको द्वन्द्व निरन्तर चलिरहेकाले संकटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाई छ । 

दुई देशको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएकाले आर्थिक सङ्कट न्यूनिकरणका लागि संटकालले सहयोग गर्ने हङ्गेरीको सरकारले आशा गरेको जनाइएको छ । 

ती देशको द्वन्द्वका कारण विश्वका अरु पनि धेरै देशमा आर्थिक सङ्कट उत्पन्न हुनुका साथै अभाव र महङ्गी सृजना भएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x