विश्व

अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए

इकागज |
चैत २५, २०७७ बुधबार १८:११ बजे

काबुल : द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ । 

हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरू भएका थिए । रासस
 



Author

थप समाचार
x