विश्व

विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेको गोली हानेर हत्या

इकागज |
साउन २५, २०७९ १४:२२ बजे

फाइल फोटो

पेरिस– फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन् । विमानस्थलमा बुधबार जथाभावी गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो । उनको घटनास्थलमै निधन भएको प्राप्त विवरणहरुमा जनाइएको छ । 

पेरिस पुलिस विभागले आफ्नो ट्विटर अकाउन्टमा भन्यो, ‘अधिकारीहरूले रोइसी–चार्ल्स डे गौले एयरपोर्टमा चक्कु लिएर धम्की दिने व्यक्तिलाई निष्प्रभावी गरिएको छ ।’




Author

थप समाचार
ad
x