विश्व

पाकिस्तानले आफ्ना नागरिकलाई १ करोड डोज खोप लगाउने

इकागज |
जेठ २७, २०७८ बिहीबार ९:७ बजे

कठमाडौँ : पाकिस्तान सरकारले कोभिड-१९ विरुद्ध १ करोड डोज खोप नागरिकलाई लगाउने भएको छ । कोभिडविरुद्ध १ करोड डोज खोप लगाउने सामाजिक सञ्‍जाल मार्फत सरकारले जानकारी दिएको छ ।

पाकिस्तानले खोप उत्पादन गरी आफ्ना नागरिकलाई खोप लगाउन थालिसकेको छ । पाकिस्तानले चीनको सहयोगमा कोभिडविरुद्धको खोप उत्पादन गरेको हाे । पाकिस्तानले चिनियाँ औषधि निर्माता कम्पनी क्यान्सिनोको सहयोगमा ‘पाकभ्याक’ नामक काेभिड खाेप उत्पादन सुरु गरेको हो ।


क्यान्सिनोले विकास गरेको खोपको ‘कन्सनट्रेटेड रुप’ पाकिस्तान ल्याएर इस्लामाबादस्थित नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) मा प्याकेजिङ गरिन्छ । हालसम्म २० लाख ३१ हजार पाकिस्‍तानीले कोभिड विरुद्धको खोप लगाइसकेका छन् । 

 


Author

थप समाचार
x