विश्व

मेटाले अमेरिका र अस्ट्रेलियामा 'फेसबुक न्यूज ट्याब' सुविधा हटाउँदै

इकागज |
फागुन १८, २०८० शुक्रबार १६:१ बजे

काठमाडौँ- मेटा प्लेटफर्म्स इन्कले अमेरिका र अस्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकमा राखिएको 'फेसबुक न्यूज ट्याब' सुविधा बन्द गर्ने भएको छ ।

मेटाले एक ब्लगमार्फत आगामी अप्रिलबाट समाचारको 'हेडलाइन्स' र समाचार राख्न मिल्ने 'फेसबुक न्यूज ट्याब' लाई अमेरिका र अस्ट्रेलियामा बन्द गर्न लागिएको जनाएको ब्लुमबर्गले उल्लेख गरेको छ ।


मेटाले जनाएअनुसार अमेरिका र अस्ट्रेलियामा एक वर्षमै ८० प्रतिशतले 'फेसबुक न्यूज' प्रयोग गर्न छाडेका थिए ।

मेटाले फेसबुकबाट 'न्यूज ट्याब' हटाएपनि 'फेसबुक फिड'मा समाचार राख्न तथा हेर्न पाउने जनाएको छ । यसको अर्थ समाचार संस्थाको फेसबुक पेजमार्फत समाचार भने हेर्न पाइने भएको छ ।

यसअघि मेटाले बेलायत, जर्मनी र फ्रान्समा समाचार प्रवर्द्धन गर्ने कार्य बन्द गरेको थियो ।


Author

थप समाचार
x