विश्व

हाइब्रिड, ईभीका कारण अमेरिकामा हुन्डाई मोटरको बिक्री ६ प्रतिशतले बढ्यो

इकागज |
फागुन १९, २०८० शनिबार १२:५७ बजे

काठमाडौँ- अमेरिकामा दक्षिण कोरियाली गाडी निर्माता हुन्डाई मोटरकोको बिक्री ६ प्रतिशतले बढेको छ ।

हुन्डाईले जनाएअनुसार अमेरिकामा आफ्ना गाडीको बिक्री गत महिना बिक्री ६ प्रतिशतले बढेको जनाएको हो ।


यसले गत महिना विश्वको सबैभन्दा ठूलो अटो बजारमा कुल ६० लाख ३ सय ४१ गाडी बिक्री गरेको थियो । जबकी अघिल्लो वर्ष यसले ५७ हजार ४४ गाडी बिक्री गरेको जनाएको छ ।

हाइब्रिड र विद्युतीय गाडी (इभी) जस्ता पर्यावरण-मैत्री मोडेलहरूको वृद्धिले गर्दा हुन्डाईको बिक्री बढेको बताइएको छ ।


Author

थप समाचार
x