विश्व

आयरल्यान्डका समलिङ्गी प्रधानमन्त्रीको राजीनामा घोषणा

इकागज |
चैत ८, २०८० बिहीबार ७:१६ बजे

काठमाडौँ- आयरल्यान्डका सबैभन्दा कान्छो प्रधानमन्त्री लियो वराडकरले राजीनामाको घोषणा गरेका छन् । वराडकरले राजधानी डब्लिनमा मार्च २० मा पत्रकार सम्मेलन गरेर व्यक्तिगत र राजनीतिक कारणले उत्तराधिकारी नियुक्त गरेपछि प्रधानमन्त्री र युनाइटेड आयरल्याण्ड पार्टीको नेताको रूपमा राजीनामा दिने घोषणा गरेका हुन् ।

'राजनीतिज्ञहरू पनि मानिस हुन् र तिनीहरूका सीमाहरू हुन्छन् । एक पटक आफुले योगदान दिनसक्ने सबै दिएर आफ्नो जिम्मेवारी पुरा गरेपछि अझै अगाडि बढ्न आवश्यक छ' उनले भने । 


'बाल अधिकार, LGBT समुदाय र महिलाको शारीरिक आत्मनिर्णयको अधिकारको कुरा गर्दा हामीले आयरल्यान्डलाई अझ समान र आधुनिक देश बनाउन सक्षम भएकोमा मलाई गर्व छ' पत्रकार सम्मेलनमा उनले भने ।

उनले कन्जरभेटिभ र क्याथोलिक बहुमत भएको आयरल्यान्डमा जनमत संग्रहमार्फत गर्भपतनलाई वैधानिकता दिन सफल भएका थिए । साथै उनले आफू समलैंगिक भएको र समलिङ्गी विवाहलाई वैधानिकता दिन विश्वको पहिलो राष्ट्रिय जनमत संग्रहमा प्रमुख भूमिका खेलेका थिए । 

सन्‌ २०१७ मा ३८ वर्षको उमेरमा आयरल्याण्डको सबैभन्दा कान्छो प्रधानमन्त्री वराडकर बनेका थिए ।


Author

थप समाचार
x