विश्व

मस्को आक्रमणमा संलग्न दुईजना पक्राउ

इकागज |
चैत १०, २०८० शनिबार १८:४१ बजे

मस्को- रुसमा आतंकवादी हमला गर्ने २ जना पक्राउ परेका छन् । रुसी प्रहरीले मस्को आक्रमण गराएको आशंकामा दुई जनालाई पक्राउ गरेको एक रुसी सांसदले बताएका छन् ।

बीबीसीका अनुसार संदिग्धहरूलाई मस्कोबाट करिब ३४० किलोमिटर (२१० माइल) दक्षिण पश्चिममा रहेको ब्रायान्स्क क्षेत्रमा कारको पछि लागेर पक्राउ गरिएको थियो । प्रारम्भिक जानकारी उद्धृत गर्दै रुसी सांसद एलेक्सनाडर खिन्स्टाइनले सञ्चार माध्यमलाई भने ।


अन्य संदिग्धहरू नजिकैको जंगलमा भागेका र खोजी भइरहेको उनले जानकारी दिएका छन् ।

मस्कोको एक कन्सर्टमा भएको गोलाबारीमा ५ जना संलग्न भएको फुटेजहरूमा देखिएको छ । 

मस्कोमा शुक्रबार साँझ भएको हमलामा अहिलेसम्म ९३ जनाको ज्यान गइसकेको छ भने १५२ भन्दा बढी घाइते भएका छन् । 


Author

थप समाचार
x