विश्व

चीनले साइबर आक्रमण गरेको बेलायतको आरोप

इकागज |
चैत १३, २०८० मंगलबार १२:४२ बजे

काठमाडौँ- बेलायतले चीनमाथि साइबर आक्रमण गरेको आरोप लगाएको छ ।

चीनको राजधानी बेइजिङमा रहेका संगठनहरुले दुईवटा साइबर आक्रमण गरेको बेलायतले आरोप लगाएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।


समाचारमा जनाइएअनुसार बेलायतले चिनियाँ राजदूतलाई उक्त कार्यको विरोध गर्न र आक्रमणमा संलग्नमाथि कारवाही गर्न माग समेत गरेको छ ।

वाशिङ्गटनमा रहेको अमेरिकी न्याय विभागले बेइजिङका आलोचकहरूविरुद्ध १४ वर्षदेखि अभियान चलाइरहेको आरोपमा सात चिनियाँ नागरिकहरूलाई कारवाही गरेपछि बेलायतको यस्तो भनाइ सार्वजनिक भएको हो ।

बेलायतका उप-प्रधानमन्त्री ओलिभर डाउडेनले सन् २०२१ र २०२२ मा इलेक्ट्रोलर कमिसन र युके पार्लियामेन्ट्री अकाउन्टमा साइबर आक्रमण गरिएको दावी गरे ।


Author

थप समाचार
x