विश्व

चिनियाँ स्मार्टफोन निर्माता साओमीले सार्वजनिक गर्‍यो विद्युतीय गाडी

इकागज |
चैत १६, २०८० शुक्रबार ११:४३ बजे

काठमाडौँ- चिनियाँ स्मार्टफोन निर्माता साओमीले विद्युतीय गाडी सार्वजनिक गरेको छ ।

साओमीले विद्युतीय गाडी 'लन्च' गरेको तथा बिक्रीका लागि 'अर्डर' पनि लिन थालेको बीबीसीले जनाएको छ ।


साओमीका प्रमुख कार्यकारी लेइ जुनले जनाएअनुसार एसयू७ मोडेलको गाडीको मूल्य २९ हजार ८ सय ७२ अमेरिकी डलर तथा म्याक्सको ४१ हजार ५ सय डलर पर्ने भएको छ ।

साओमीका अनुसार २७ मिनेटभित्रै कम्पनीले ५० हजार गाडीका लागि अर्डर पाएको छ ।

विश्वव्यापीरुपमा विद्युतीय गाडीको बिक्रीमा कमी आइरहेको समयमा साओमी बजारमा प्रवेश गरेको हो ।

साओमीले विद्युतीय गाडी निर्माता टेस्ला र बिवाईडीलाई टक्कर दिने अपेक्षा गरिएको छ ।


Author

थप समाचार
x