विश्व

बेल्जियममा निर्माणधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु

इकागज |
असार ७, २०७८ सोमबार ६:० बजे

ब्रसेल्स : बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ ।

आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।


दुर्घटनामा परेर घाइते भएका नौ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु हुनुअघि निर्माण भइरहेको सो भवन भत्किएर मजदुरको मृत्यु भएको हो ।

यता प्रशासनले भने घटनाबारे छानविन गरेर घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने जनाएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x