विश्व

इक्‍वेडरमा जेलमा भएको दंगामा परी कम्तीमा आठको मृत्यु

इकागज |
साउन ७, २०७८ बिहीबार २१:१५ बजे

किटो - इक्‍वेडरको दुई जेलमा भएका दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उक्त घटनामा अन्य २० जना घाइते  भएका बताइएको छ । घाइतेहरुमा तीन प्रहरी अधिकारी रहेका जनाइएको छ । 

दक्षिणपश्चिमी प्रान्त गुआस अवस्थित एक जेलमा भएका  हिंसामा आठ  कैदी मारिए र दुई प्रहरी अधिकारी घाइते भएका  छन् । एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको उक्त झडपमा करिब २० मानिस घाइते भएको एसएनएआई जेलका  व्यवस्थापन टोलीले पुष्टि गरेका छन् । 


इक्वेडरमा यसपहिले गत फेब्रुअरीमा पनि दुई जेलमा हिंसात्मक दङ्गा भएका थिए । देशको मुख्य कारागारमा प्रतिस्पर्धी प्रतिद्वन्द्वी समूहबीच झडपमा परी एकै दिनमा ७९ जना कैदीको मृत्यु भएको थियो। इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले यहाँ सधै समस्या हुने गरेको पाइन्छ  । (रासस)
 


Author

थप समाचार
x