विश्व

शाही सम्मान त्याग्दै जापानी राजकुमारीले गरिन् प्रेमीसँग विवाह

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १२:३१ बजे

काठमाडौँ- जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी कोमुरोसँग विवाह गरेकी छिन् । यो विवाहका लागि उनले आफ्नो शाही सम्मानसमेत त्यागेकी छिन् । 

जापानको राजपरिवारका अनुसार कोही राजपरिवारका सदस्यले सामान्य नागरिकसँग विवाह गर्छ भने उसले शाही राजघराना छाेड्नुपर्दछ । २५ सालकी राजकुमारी माको सम्राट अकिहीतोकी नातिनी हुन् । उनका प्नेमी काेमराे सामान्य नागरिक हुन् । उनी एक कानुनी फर्ममा काम गर्छन् । 


माको र कोमुरो २०१२ मा कलेज पढ्ने क्रममा भेटिएका थिए । साथी हुँदै माकाे र काेमुराे प्रेमसम्बन्धमा बाँधिएका थिए । राजकुमारी माकोले शाही परम्पराअनुसार विवाह गरिनन् भने राजकुमारीको विवाहमा पाउने सेवा सुविधासमेत त्यागेकी छिन् । यस्तो गर्ने उनी पहिलो महिला हुन् ।

 बीबीसी


Author

थप समाचार
x