प्रमुख समाचार

रुस बन्यो सबैभन्दा बढी प्रतिबन्धित देश

रुस-बन्यो-सबैभन्दा-बढी-प्

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:६ बजे

प्रतिबन्धहरूको वाचलिस्ट साइट कास्टलिम डट एआई अनुसार रुसले इरान र सिरियालाई पछि पार्दै विश्वमा सबैभन्दा बढी प्रतिबन्ध लगाएको देश बनेको छ ।

साइटका अनुसार २२ फेब्रुअरी अघि रुसविरुद्ध २ हजार ७ सय ५४ प्रतिबन्ध लगाइएको थियो ।

बीबीसीका अनुसार आक्रमणपछिका दिनहरूमा थप २ हजार ७ सय ७८ प्रतिबन्धहरू लगाइएको थियो । हालसम्‍म कुल पाँच हजार ५ सय ३२ प्रतिबन्ध लगाइएको छ । इरानको ३ हजार ६ सय १६ प्रतिबन्धहरूलाई पछाडि पार्दै रुस विश्वमा सबैभन्दा बढी प्रतिबन्ध लगाएको देश बनेको हो ।

युक्रेनमाथिको आक्रमण रोक्न मस्कोमाथि दबाब बढाउन विश्वभरका देशहरूले रुसमाथि प्रतिबन्धहरू बढाएका छन् ।



Author

थप समाचार
x