बैंक-वित्त

जाजरकोटको कालीमाटीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा

इकागज | पुस २८, २०७७

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्‍न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिका, कालीमाटी बजारमा यहि पौष २४ गतेबाट १०७ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरा लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली पूर्ति गरिरहेको छ । 

लघुवित्तहरूलाई पुर्नकर्जा दिँदै राष्ट्र बैंक, माघ १२ सम्म आवेदन दिनुपर्ने

इकागज | पुस २७, २०७७

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्तहरूलाई पुर्नकर्जा दिन आवेदन खुलाएको छ । राष्ट्र बैंकले प्रदान गर्न...

एक बैंकको एटीएमले अर्को बैंकमा कारोबार गर्दा दुई पटकसम्म शुल्क नलाग्‍ने

इकागज | पुस २३, २०७७

काठमाडौं : राष्ट्र बैंकले एउटा बैंकको एटिएमले अर्को बैंकको एटीएममा कारोबार गर्न नयाँ व्यवस्था गर्ने भएको...

ग्लोबल आइएमई र हेफर इन्टरनेशनलबीच सहुलियतपूर्ण कृषि कर्जासम्बन्धि सम्झौता

इकागज | पुस २३, २०७७

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानक...

नयाँ नक्सा भएको १ रुपैयाँको सिक्का छाप्दै राष्ट्र बैंक, ३० करोड सिक्का छाप्‍न टेन्डर

इकागज | पुस २०, २०७७

काठमाडौं : नेपाल राष्ट्र बैंकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको मुलुकको नयाँ नक्सा भएको एक ...