बैंक-वित्त

एफएनसीसीआईको सिफारिसमा साना उद्यमीलाई सहुलियतपूर्ण कर्जा

इकागज | साउन ३२, २०७८

विराटनगर - बैंकिङ क्षेत्रमा पहुँच नभएका साना तथा सुरुवाती अवस्थामा रहेका नयाँ युवा व्यवसायी एवं अपांगता भएका व्यक्तिहरूलाई सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउन नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश-१ समिति र ग्लोबल आइएमई बैंकबीच समझदारी भएको छ । सोमबार महासंघ प्रदेश समितिका तर्फबाट अध्यक्ष टिकाराज ढकाल र बैंकका प्रदेश कार्यालय प्रमुख सुवास सापकोटाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कर्जा सुविधा अन्तरगत महासंघ आवद्ध भएका तथा सिफारिस गरेका व्यवसायीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी लिखित सिफारिसका आधारमा बैंकका प्रदेश-१ भरिका सवै शाखाले छिटो र छरितो रूपले कर्जा प्रदान गर्नुपर्नेछ । बैंकले नेपाल राष्ट्र बैंकले प्रदान गर्ने विभित्र प्रकारका सहुलियतपुर्ण कर्जा तथा पुनरकर्जा व्यवसायीको योग्यताका आधारमा उपलब्ध गराउने छ । 

त्यसरी सिफारिस प्राप्त भएका व्यवसायीहरुलाई कर्जा दिंदा चलेको व्याजदरमा ०.५० प्रतिशत प्रिमियम छुट र सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिन सकिनेमा बैंक सहमत भएको हो । त्यसरी कायम गरिएको ब्याजदर भने बैंकको बेस रेटमा न्युनतम १ प्रतिशत प्रिमियम थपपछि हुने ब्याजदर हो । त्यस्तै अपाङ्गता भएका व्यवसायीलाई ब्याजदरमा १ प्रतिशत प्रिमियम र ०.५० प्रतिशत सेवा शुल्क छुट दिने सम्झौता भएको जनाइएको छ ।

त्यसैगरी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गर्नसक्ने कार्यक्रमहरू संयुक्त रूपमा आयोजना गर्ने, फर्म कम्पनीहरूलाई क्युआर कोड, पीओएस. मेशिन, लकर सुविधा, डेबिट एवं क्रेडिट कार्ड, मोबाइल स्मार्ट र इन्टरनेट बैंकिङ लगायतका सुविधा सहज रूपमा उपलब्ध गराउने पनि सम्झौता भएको नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिका कार्यकारी निर्देशक राधारमण भण्डारीले बताए ।

महासंघले पनि आफ्ना सदस्य व्यवसायीलाई ग्लोबलसँग कारोबारका लागि प्रोत्साहित गर्ने लगायत बैंकिङ कारोबारमा हुने अप्ठेरोमा समन्वय गर्ने प्रतिबद्धता जनाएको छ । समझदारी हस्ताक्षर कार्यक्रममा महासंघका केन्द्रीय सदस्यद्वय राजेन्द्र राउत, अविनाश बोहरा, प्रदेश उपाध्यक्ष भीम पौडेललगायतको उपस्थिति रहेको थियो ।

मौद्रिक नीति ल्याउने कि बजेटको प्रतिस्थापन विधेयक पर्खने अलमलमा गभर्नर

पवन तिमिल्सिना | साउन २०, २०७८

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको बजेटसम्बन्धी अध्यादेश संसद्&z...

सहकारी बैंकमा चेक भुक्तानी नहुने समस्या अन्त्य गर्ने अर्थमन्त्रीको घोषणा

इकागज | साउन १९, २०७८

काठमाडौँ -  अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य हुने घोषण...

बैंकिङमा आतंक मच्चाउने ह्याकरको मेल  : प्रापकको इमेलमा आएन तर भाइरल बन्यो

इकागज | साउन ७, २०७८

काठमाडौँ : बुधबार साँझ बैंकिङ क्षेत्रमा आतंक मच्चाउने एउटा मेल भाइरल बन्यो । राष्ट्र बैंकका प्रवक्ता, सहप्...

राष्ट्र बैंकको सर्वेक्षण : सात महिनापछि महँगी दर १० प्रतिशत पुग्ने अनुमान

इकागज | साउन ३, २०७८

काठमाडौँ : राष्ट्र बैंकको मुद्रास्फीती अपेक्षा सर्वेक्षणले आगामी माघ महिनामा मुद्रास्फीती १० प्रतिशत पुग्ने ...