बैंक-वित्त

निफ्राको खुद नाफा ३४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

इकागज | कात्तिक २८, २०७८

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा भएकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा  गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.७८ प्रतिशतले बढेर ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । बैंकको सञ्चालन नाफा ३४.२० प्रतिशतले बढेर ३४ करोड ५७ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको साेही अवधिमा बैंकले २५ करोड ७६ लाख ४२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीमा ६६.६७ प्रतिशत बढेको छ भने निक्षेप संकलन १९.२६ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको जगेडा कोष ४५.६९ प्रतिशत बढेको छ । 

नाफा कमाए पनि बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँबाट १ एक रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसामा कायम भएकाे छ । बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा छ।

नेपाली सेनालाई राष्ट्रिय वाणिज्य बैंकले ३.३२% ब्याजदरमा आवास कर्जा दिने

इकागज | कात्तिक २४, २०७८

काठमाडौँ– सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नेपाली सेनाका सबै दर्जालाई ३.३२ प्रतिशत सहुल...

राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सुचारु हुने

इकागज | कात्तिक २४, २०७८

काठमाडौँ- आज बुधबार र आउँदो शनिबार पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस)प्रणाली नियमित सञ्चालन हुने...

वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति

इकागज | कात्तिक २२, २०७८

काठमाडौँ- नेपाल राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्त एक आपसमा मर्ज हुन सैद्धान्तिक सहमति दिएको छ । यो...

बैंकको स्रोत परिचालन बाग्मती प्रदेशमा धेरै, निक्षेपको ६८.१% र कर्जाको ५६.६%

इकागज | कात्तिक १५, २०७८

काठमाडौँ– नेपाल राष्ट्र बैंकको संघीय प्रणालीमा बैंक तथा वित्तीय संस्थाको स्रोत परिचालन सम्बन्धी अध्य...

वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्‍ने अवसर(सूचनासहित)

इकागज | कात्तिक १४, २०७८

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसे...