बैंक-वित्त

गरिमा क्यापिटलको साधारणसभा वैशाख ९ गते

इकागज | चैत १८, २०७८

काठमाडौंँ - गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा आगामी वैशाख ९ गतेका लागि बोलाएको छ । गत चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा पार्क भिलेज रिसोर्ट बूढानीलकण्ठ काठमाडौंँमा साधारणसभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीहरुलाई १५ दशमलव ६५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, उक्त सभाले कम्पनीको प्रवन्ध पत्रको उद्देश्यहरू थप संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्ने जनाइएको छ। सभाले यस कम्पनी वैदेशिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी निर्णय तथा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित कार्यसूची समेत समेटिएको छ ।

नेपाल राष्ट्र बैंक विराटनगरअगाडि उद्योगी व्यवसायीको प्रदर्शन

विराटनगर - बैंकको ब्याजदर ६ प्रतिशत कायम गर्न माग गर्दै मोरङ(सुनसरी औधोगिक क्षेत्रका उद्योगी व्यवसायीहरूल...

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषकाे रकम बैंकमा मुद्दति निक्षेप राख्‍ने

इकागज | फागुन १५, २०७८

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंकले उपदान तथा पेन्सन कोषकाे रकम बैंक तथा वित्तीय संस्थामा मुद्दति&nb...

सीबीफीन र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबीच समझदारी पत्रमा हस्ताक्षर

इकागज | फागुन ५, २०७८

काठमाडौँ - बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन वि...

सहुलियत कर्जा रोकिएपछि लघु तथा साना उद्यममा लगानी प्रभावित

पुष्पराज आचार्य | फागुन ५, २०७८

काठमाडौँ– बैंकमा लगानीयोग्य पुँजी अभाव भएसँगै चालु आर्थिक वर्षको पहिलो त्रैमासपछि देखि नै बैंकह...