बैंक-वित्त

सामाजिक सुरक्षा कोषमा सामेल नहुन कर्मचारी यूनियनको दबाब

इकागज | असार १०, २०७८

काठमाडौँ : सामाजिक सुरक्षा कोषमा सामेल नहुन बैंकका कर्मचारी यूनियनले दबाब बढाएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी २९ कर्मचारी यूनियनले संयुक्त विज्ञप्ति जारी गर्दै तीन दशकदेखि कर्मचारीहरूले सामाजिक सौदाबाजीबाट प्राप्त गरेका सेवा सुविधाबाट समेत विमुख हुनुपर्ने अवस्था आएको भन्दै विरोधमा उत्रेका छन् । 

सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थाका कम्पनीहरूले उठान गर्दै आएको विषयलाई वेवास्ता गरी एकोहोरो अस्वभाविक दबाब दिदाँ वित्तीय क्षेत्रमा आतंक सिर्जना भएको र कर्मचारीहरूको मनोबलमा समेत ह्रास आएको कारण समग्र वित्तीय क्षेत्रमा नकारात्मक असर परेको भन्दै बैंक वित्तीय संस्थाका कर्मचारी यूनियनले प्रदान गरेका सुझावका आधारमा ऐन, नियमावली र कार्यविधिमा संशोधन गर्न समेत आग्रह गरेका छन् । 

कर्मचारी यूनियनहरूले सामाजिक सुरक्षा कोषले जबर्दस्ती गरे प्रतिवादमा उत्रने पनि उल्लेख गरेका छन् । केही बैंक तथा वित्तीय संस्थामात्र अहिले सामाजिक सुरक्षा कोषमा सहभागी भएका छन् भने अधिकांश अहिलेकै प्रावधानमा सहभागी नहुने अडान राख्दै आएका छन् । 


 

सामाजिक सुरक्षामा जान दबाब दिए आन्दोलन गर्छौँ : वित्तीय संस्था कर्मचारी संघ

इकागज | जेठ २०, २०७८

काठमाडौँ : सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तिय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब...

अक्सिजन प्लान्टलाई ५० करोड पुन:कर्जा, निषधाज्ञाभर जरिवाना लिन र धितो लिलाम गर्न रोक

इकागज | जेठ ४, २०७८

काठमाडौँ : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामार्फत् स्वास्थ्य सेवा पूर्वाधार ...

हिमालयन र इन्भेष्टमेन्टको विस्तृत ड्यू डिलिजेन्सपछि सेयर स्वाप अनुपात टुङ्गो लगाइने

इकागज | जेठ १, २०७८

काठमाडौँ : बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जर (गाभ्ने/गाभिने) प्रारम्भिक सम्झौत...

राष्ट्र बैंकले वित्तीय संस्था बन्द गर्न नदिएपछि बैंकर्स संघले गर्‍यो ५० हजारभन्दा कम निक्षेप नलिने निर्णय

इकागज | बैशाख ३०, २०७८

काठमाडौँ : सरकारले अत्यावश्यक सेवाको सूचीमा राखेको बैंकिङ्ग सेवा महामारीको समयमा पनि जारी राखेक...