बैंक-वित्त

घोडाघोडी र यूनिक नेपाल एक आपसमा गाभिँदै

इकागज | भदौ ३०, २०७८

काठमाडौँ - घोडाघोडी लघुवित्त वित्तीय संस्था र यूनिक नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएको छ । असोज १६ मा घोडाघोडीको वार्षिक साधारणसभा डाकिएको छ । यो साधारणसभामा घोडीघोडा र यूनिक नेपालबीच मर्जरका लागि दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबार को मुल्यांकनकर्ता दिक्षित एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट, नेपालगञ्‍ज बाँकेबाट प्राप्त दुवै संस्थाको चल, अचल सम्पत्ति, दायित्व र कारोबारको मूल्यांकन प्रतिवेदन पारित गर्ने उल्लेख छ ।

संयुक्त मर्जर समिति तथा दुवै संस्थाकोको सञ्चालक समितिले स्वीकार गरेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयरलाई यूनिक नेपालको ५० कित्ता शेयर (१:०:५०) सेयर आदान प्रदान अनुपात पारित गर्ने विशेष प्रस्तावमा उल्लेख छ ।

घोडीघोडा लघुवित्त र यूनिक नेपाल गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि गठित संयुक्त मर्जर समितिबाट दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकनकर्ता नियुक्त चार्टड एकाउन्टेन्ट्स फर्म दिक्षित एण्ड एसो सिएट्स चार्टर्ड एकाउन्टेन्ट्स, नेपालगञ्ज बाँकेको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने उल्लेख छ ।

घोडीघोडा र यूनिक नेपाल गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा राष्ट्र बैंकबाट भदौ १५ गते प्रारम्भिक सैद्धान्तिक सहमति प्राप्त भैसकेको छ । दुई वित्तीय संस्था मर्जर गर्ने सम्बन्धमा भएका लिखित सम्झौताहरूलगायत सोसँग सम्बन्धित संयुक्त मर्जर समिति एवं संस्था सञ्‍चालक समितिबाट भएका सम्पूर्ण निर्णयहरु एवं दुई संस्था बीच भएको मर्जर सम्बन्धी अन्तिम सम्झौता स्वीकृत एवं अनुमोदन गर्ने उल्लेख छ ।

लगानीकर्तालाई सबैभन्दा राम्रो प्रतिफल दिनेमा एनआइसी, सानिमा, हिमालयन र एनबी बैंक अगाडि

इकागज | भदौ ८, २०७८

काठमाडौँ– लगानीकर्तालाई उच्च प्रतिफल दिने अग्रपंक्तिमा एनआइसी एसिया, सानिमा बैंक, हिमालयन बैंक, ...

राष्ट्र बैंक र त्रिविबीच शोध तथा अनुसन्धानमा सहकार्य गर्ने समझदारी

इकागज | भदौ २, २०७८

काठमाडौँ - नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालयबीच प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने ...

मौद्रिक नीतिमाथि अर्थविद्‍हरूको टिप्पणी : कार्यान्यन गर्न चुनौतीपूर्ण छ

इकागज | भदौ २, २०७८

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि गत साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीत...