बैंक-वित्त

विदेशी मुद्राले नेपाली बैंकमा खाता खोल्न पाइने

इकागज | मंसिर २८, २०७८

काठमाडौँ- गैर आवाशीय नेपालीले विदेशी मुद्राबाट नेपाली बैंकमा खाता खोल्न पाउने भएका छन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, अष्‍ट्रेलियन डलर, जापानी येन र चिनिया युआनले खाता खोल्न पाइने भएको हो । खाता खोल्दा न्यूनतमा ५ हजार अमेरिकी डलर वा सो बराबरको रकम निक्षेप हुनुपर्ने छ ।

राष्‍ट्र बैंकको २०७८ मङ्सिर १४ गतेको पत्रअनुसार गैर आवासीय नेपाली तथा गैर आवासीय नेपाली आवद्ध संस्थाहरूले खाता खोल्न पाउने भएका छन् । खाता खोल्न आवश्यक परेमा थप जानकारी बैंकहरूले जानकारी उपलब्ध गराउनेछन् ।

यो सँगै विभिन्‍न मुलुकमा रहेका नेपालीहरूले अबदेखि सहजै विदेशी मुद्राबाट बैंकमा खाता खोल्न पाउने भएका छन् । बैंकहरूमा विदेशी मुद्राहरू सञ्चित हुने भएको छ । जापान, चीन, अष्‍ट्रेलिया, अमेरिका र बेलायतमा रहेका नेपालीहरू यसबाट लाभान्वित हुने भएका छन् ।

सञ्चालनमा आयो मोतीपुर सबस्टेशन, विद्युत् प्रवाह थप गुणस्तरीय हुने

इकागज | मंसिर २७, २०७८

बुटवल - रुपन्देही र आसपासका क्षेत्रमा सहज रुपमा बिजुली उपलब्ध गराउन महत्वपूर्ण मानिएका पूर्वाधार एक...