बैंक-वित्त

सनराइज  बैंकको सनराइज  दोब्बर मुद्दती योजना

इकागज | बैशाख २३, २०७९

काठमाडौँ- सनराइज  बैंकले सनराइज दोब्बर मुद्दती योजना  ल्याएको छ ।

आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम  १ लाख रूपैँया जम्मा गरी मुद्दती खाता खोल्न सक्नेछन् । यो योजना अन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।

मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन पनि सकिनेछ । यस्तै विशेष सुविधाहरु ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिएको साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्कसमेत मिनाहा गरिएको बैँकले जनाएको छ ।  

मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा हुँदैन: गभर्नर अधिकारी

इकागज | बैशाख २१, २०७९

काठमाडौँ - नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले चालु बर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्र...

रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

इकागज | चैत २८, २०७८

काठमाडौं– रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीले निर्देश...