बैंक-वित्त

यसरी प्रयोग गर्नुहोस् डिजिटल बैंकिङ सेवा

इकागज | असोज २५, २०७८

काठमाडौँ - नेपालमा मोबाइल सेवा प्रयोग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्‍यांकले पनि मोबाइल तथा डिजिटल बैंकिङ सेवा प्रयोग गर्नेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको देखाउँछ । चाडपर्वमा बजारमा चहलपहल बढ्दै जाने र मानिसहरू पैसा खल्तीमा बोकेर जानु भन्दा डिजिटल कारोबार गर्ने धेरै छन् ।

हाल मोबाइल बैंकिङ्गमार्फत टिकट बुकिंग तथा होटेल रेस्टुरेन्ट खर्च तिर्नदेखि खानेपानी तथा स्कुल फीलगायतका अन्य धेरै प्रकारका शुल्क भुक्तानी गर्न सकिन्छ । मोबाइल तथा इन्टरनेट बैंकिङको सुविधाका कारण आफ्नो खाताको ब्यालेन्स चेक गर्न, बैंकिङ्ग कारोबार जानकारी लिन,मोबाइल रिचार्ज गर्न तथा रकम ट्रान्सफर गर्नलगायत अन्य धेरै भुक्तानीका लागि बैंकमा पुग्नुपर्ने झन्झटको अन्त्य गरेको छ । नेपाललमा मोबाइल बैंकिङ तथा इसेवा लगायतको मोबाइल वालेटले गर्दा डिजिटल कारोबारमा धेरै सहजता थपिएको छ ।

डिजिटल सेवा प्रयोग गर्दा कतिपय अवस्थामा हामीलाई पर्याप्त जानकारी नहुँदा यसले रकम चोरीहुन सक्छ । यसकारण तपाईंले प्रयोग गर्ने डिजिटल बैंकिङको सेवामा विशेष ध्यान पुर्‍याउनु जरुरी छ । यहाँ तपाईंलाई डिजिटल बैंकिङ्ग सेवालाई कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ भन्ने जानकारी दिइएको छ ।

१. आफ्नो ओटिपी पिन कसैलाई पनि नदिने साथै पिन तथा पासवर्डलाई मोबाइलमा सेभ नगर्ने

२. बेनीफिसियरी नम्बर,अमाउन्ट, रिसीभर डिटेल जस्ता ट्रान्जयाक्सनको विवरणहरूलाई कन्फर्म गर्ने 

 समयसमयमा  पिन नम्बर पनि परिवर्तन गर्नुपर्छ ।

३. आधिकारिक मोबााइल बैंकिङ एप मात्रै प्रयोग गर्ने, एन्ड्रोइड भएमा गूगल प्ले स्टोरको एप प्रयोग गर्ने र आइओएसका लागि एप्पल स्टोरबाट मात्रै एप डाउनलोड गर्नुहोस् ।

४. आफ्नो मोबाइल अपरेटिङ सिस्टमलाई केही समयको अन्तरालमा अपडेट गरिरहनुपर्छ । 

५. मोबाइलको सफ्टवेयरलाई पनि अपडेट गरिरहनुपर्छ । एप निर्माताहरूले सुरक्षाका लागि अपडेटहरू ल्याइरहने गर्दछन् र यसको प्रयोग राम्ररी गर्नुपर्छ । 

६. सार्वजनिक रूपमा जोडिने वाईफाई कनेक्सन र ब्लुटूथलाई डिसेबल गर्नुपर्छ । आफ्नो वाईफाई डब्लुपीएटूले सुरक्षित छ कि छैन् भनेर पनि जाँच गर्नुपर्छ । 

७.  पासवर्ड तथा पिन स्मार्टफोनमा सेभ गर्नुहुँदैन् । फोन चोरी भएमा या म्यालवेयरले संक्रमित भएमा डाट चोरीहुनसक्छ । 

८. कारोबार गर्नलाई बायोमेट्रिक फिङ्गर प्रिन्ट फिचरको प्रयोग गर्नुपर्छ ।

९. मोबाइल फोनलाई प्रयोग नगरेको समयमा सधैँभर लक गर्ने बानी गर्नुपर्छ  । प्याटर्न, पासवर्ड, फिङगर प्रिन्ट, फेस रिकगनिसन जस्ता सुरक्षा विकल्पहरूको प्रयोग गर्नुपर्ने हुन्छ ।

१०. आफ्नो अकाउन्टलाई अडिट र मनिटर गर्ने : नियमित रूपमा अकाउन्ट ब्यालेन्स तथा डिपोजिट स्टेटमेन्टहरुको जाँच गर्नुपर्छ । कुनै पनि शकांस्पद कार्य लागेमा तुरुन्तै आफू नजिकको आफ्नो बैंकमा सम्पर्क गर्नुपर्ने पनि हुन्छ ।

 

 

दुई महिनामा २५ ऋणीले लिए तीन अर्ब पुनर्कर्जा, कुन क्षेत्रमा कति ?

इकागज | असोज १८, २०७८

काठमाडौँ - चालु आर्थिक वर्षको भदौ मसान्तसम्म तीन अर्ब एक करोड रुपैयाँ पुनर्कर्जा वितरण गरेको छ । दुई महि...