फेसन

मिस एन्ड मिस्टर सुप्रन्यासनलका २० प्रतियोगीले देखाए प्रतिभा

इकागज | जेठ १०, २०७९

काठमाडौंँ -  ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ को अन्तिम स्पर्धा जेष्ठ १५ गते होटल सोल्टीमा आयोजना हुँदैछ । प्रारम्भिक चरणबाट छानिएका अन्तिम २० प्रतियोगी फाइनलमा शीर्ष उपाधिका लागि भिड्दैछन् ।

प्रतियोगिताको आइतबार राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा ट्यालेन्ट राउन्ड आयोजना भयो । सो अवसरमा सबै प्रतियोगीताले नृत्य, अभिनय, गायन, वक्तृत्वकला, पेन्टिङलगायत विषयमा आ–आफ्नो प्रतिभा देखाए । अभिनेता पुष्प खड्का, लेखक तथा निर्देशक राज शाह, पेन्टर चिराग, , गायिका सोना अमात्य, मिस्टर नेपाल सन्तोष उपाध्याय,  लेखक, जयदेव गौडेल निर्णायक रहेको  ट्यालेन्ट राउन्डका उत्कृष्ट प्रतियोगीले फाइनलमा ‘ट्यालेन्ट उपाधि’ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा युवतीतर्फ सागारिका खड्का, रञ्जिता ढकाल, दृष्टि थापा, नविना बानियाँ, प्रतिभा न्यौपाने, अदीति अधिकारी, आयुषा चापागाई, केसु खड्का, प्रनिका श्रेष्ठ, एरी तुलाधर र युवकतर्फ प्रेमचन्द्र मण्डल, मानस कुमार राई, दीपेन्द्र शर्मा, रुपेश महत्तो, श्रीजन भट्टराई, संजय तिमिल्सिना, सनिस श्रेष्ठ, सन्दीप कुमार शाह, सुमन सुनार, अनिस कार्की, चिराग बंदेललगायत प्रतियोगी रहेका छन् ।

‘मिस एन्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ मिस्टर नेपाल विजेता सन्तोष उपाध्यायले पोल्यान्डबाट फ्रेन्चाइज लिएर सनुर्वी इन्टरनेसनलबाट आयोजना सुरु गरेका हुन् । उपाध्याय मिस्टर नेपाल विजेता बनेपछि ‘मिस्टर सुप्रन्यासनल’ मा सहभागी भएका थिए ।

‘मिस सुप्रान्यास्नल’ पनि महिलाहरुको विश्वप्रसिद्ध प्रतियोगिता मध्ये शीर्ष ३ भित्र पर्ने गरेको छ । ‘मिस एन्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ विजेता पुरुषले जुलाई १५ र १६ मा पोल्यान्डमा आयोजना हुने ‘मिस्टर सुप्रन्यासनल २०२२’ र महिला विजेताले ‘मिस सुप्रन्यासनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

प्रतियोगीले अहिले अन्तिम स्पर्धाका लागि पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी विभिन्न प्रशिक्षण लिइरहेका छन् । ४ एपिसोड र एउटा ग्रान्ड फिनालेको रुपमा इमेज टेलिभिजनबाट समेत प्रतियोगिता प्रसारण हुनेछ ।  प्रतियोगिताका लागि ‘मिस्टर सुप्रान्यास्नल २०२१’ विजेता भारो भार्गोस तथा कृयटिभ डिरेक्टर आन्द्रे स्लेइ पनि नेपाल आउनेछन् । प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् ।