फेसन

व्यापारी तरुणसँग विवाह गर्दै मिस नेपाल इशानी श्रेष्ठ

इकागज | कात्तिक २७, २०७८

काठमाडौँ - मिस नेपाल इशानी श्रेष्ठले व्यापारी तरुणप्रताप शाहसँग विवाह गर्ने भएकी छिन् । तरुण र इशानीको यही सोमबार सोल्टीमोडमा रहेको न्यु हायात होटलमा टीकाटालो हुँदैछ । टीकाटालो कै दिन दुवैबीच हुने विवाहको पनि मिति सार्वजनिक हुनेछ ।

 सन् २०१३ मा मिस नेपाल बनेकी इशानीले बालीमा भएको मिस वल्र्डमा सहभागिता जनाएकी थिइन् । इशानीले मिस वल्र्ड टप टेनमा पुग्ने पहिलो महिलाको रकेर्ड राख्दै पहिलो पल्ट ‘ब्युटी विद प्रपोज’को पुरस्कार पनि जितेकी थिइन् । 

व्यापारी तथा मिडिया उद्यमी विश्वनाथ प्रसाद शाहका छोरा तरुण आफूलाई भने शिक्षाविद्को रुपमा चिनाउन रुचाउँछन् । उनले सेफर्ड,कलेज ट्रिटन कलेज, शुभश्री कलेज आदि कलेज चलाउँछन् । दालमोठमा एकछत्र राज गरिरहेको हल्दिराम तरुणकै कम्पनीले नेपालमा वितरण गर्दै आएको छ । 

इशानी स्वयंले इन्स्टामा तरुणसँगको फोटो राख्दै ‘लभ अफ माइ लाइफ’ क्याप्सन राखेकी छिन् ।  उनको फोटोमा मिस नेपाल र मिस नेपालका रनर्स अपले शुभकामनाको वर्षा गरेका छन् ।