फुटबल

१० खेलाडीमा सीमित आर्सनलले लिभरपुललाई बराबरीमा रोक्यो

इकागज | पुस ३०, २०७८

काठमाडौँ- १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ । 

बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो । 

अब, अर्को लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ । चेल्सीले समग्रमा टोटनहमलाई ३-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ । 

रेलिगेसनको दबाब बढेपछि पुलिसका मुख्य प्रशिक्षकले भने : विदेशी खेलाडी चाहिन्छ

इकागज | पुस २६, २०७८

काठमाडौँ- नेपालको घरेलु फुटबलको आधुनिक इतिहास हेर्ने हो भने नेपाल पुलिस क्लब निर्विवाद शक्ति हो ...