फुटबल

नेपालविरुद्ध मरिसस

बन्द प्रशिक्षणका लागि ३४ खेलाडी छानिए, सबैभन्दा बढी मछिन्द्रबाट

इकागज | पुस १९, २०७८

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमले आउँदो माघमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । काठमाडौँस्थित दशरथ रंगशालामा हुने दुई खेलका लागि अफ्रिकी टिम मरिसस आउनेछ । पहिलो खेल माघ १५ हुनेछ । अनि त्यसकाे तीन दिनपछि दोस्रो खेल हुनेछ । 

मैत्रीपूर्ण खेलका लागि तयारी गर्न नेपालका मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले प्रारम्भिक टिमको घोषणा गरेका छन् । कुल ३४ खेलाडी बन्द प्रशिक्षणका लागि छनौट गरिएको छ । बोलाइएका खेलाडीहरूमध्ये पाँच गोलरक्षक छन् । यसैगरी ६ रक्षकलाई अभ्यासका लागि डाकिएको छ भने १६ मिडफिल्डर तथा सात फरवार्डलाई पनि प्रारम्भिक टिममा समावेश गरिएको छ । 

बन्द प्रशिक्षणमा परेका सबैभन्दा धेरै खेलाडी मछिन्द्र फुटबल क्लबका छन् । यसैगरी मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबका चार–चार खेलाडी पनि टिममा परेका छन् । अर्को विभागीय टिम नेपाल पुलिस क्लबका तीन खेलाडीलाई अल्मुताइरीले प्रारम्भिक टिममा समेटेका छन् । 

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीः

गोलरक्षकः विशाल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब), दीप कार्की (हिमालयन शेर्पा क्लब), किरण कुमार लिम्बु (माजिया), शत्रुघन चौधरी (नेपाल पुलिस क्लब), टिकेन्द्र थापा (जावलाखेल युथ क्लब)

रक्षकः अनन्त तामाङ (थ्रीस्टार क्लब), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), दिनेश राजवंशी (मनाङ मस्र्याङ्दी क्लब), गौतम श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), नविन गुरुङ (न्युरोड टिम), सुमन अर्याल त्रिभुवन आर्मी फुटबल क्लब)

मिडफिल्डरः आयुष घलान (थ्रीस्टार क्लब), आकाश बुढा मगर (सातदोबाटो युथ क्लब), एरिक विष्ट (न्युरोड टिम), दिनेश हेन्जन (त्रिभुवन आर्मी फुटबल क्लब), कमल थापा (हिमालयन शेर्पा क्लब), कृतिश रत्न छुन्जु (न्युरोड टिम), नितिन थापा (मनाङ मस्र्याङ्दी क्लब), पुजन उपरकोटी (मनाङ मस्र्याङ्दी क्लब), सन्तोष तामाङ (त्रिभुवन आर्मी फुटबल क्लब), सुभाष गुरुङ (संकटा क्लब), सुदीप गुरुङ (सातदोबाटो युथ क्लब), सुजल श्रेष्ठ (मछिन्द्र फुटबल क्लब), सुरज जिउ ठकुरी (जावलाखेल युथ क्लब), तेज तामाङ (नेपाल पुलिस क्लब), दर्शन गुरुङ (न्युरोड टिम), विशाल राई (मछिन्द्र फुटबल क्लब)

फरवार्डः आशिष लामा (एपीएफ), अन्जन विष्ट (मनाङ मस्र्याङ्दी क्लब), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), मनिष डाँगी (मछिन्द्र फुटबल क्लब), सुमन लामा (नेपाल पुलिस क्लब), सुनिल बल (मछिन्द्र फुटबल क्लब), सुशील राई (सातदोबाटो युथ क्लब)
 

सिटीले लियो ११ अंकको अग्रता; चौथो स्थानका लागि आर्सनल, वेस्टह्याम र टोटनहमबीच तीव्र प्रतिस्पर्धा

इकागज | पुस १८, २०७८

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले शीर्ष स्थान र दोस्...