फुटबल

बुन्डेसलिगा पनि कोभिडबाट पीडित, बायर्नका नौ खेलाडी आइसोलेसनमा

इकागज | पुस २२, २०७८

काठमाडौँ- जर्मनीको शीर्ष श्रेणीको फुटबल लिग बुन्डेसलिगामा सदाझै यसपटक पनि जाडोको निहुँमा विश्राम दिइयो । यसलाई ‘विन्टर ब्रेक’ भनिन्‍छ । गत डिसेम्बर २० बाट सुरु भएको ‘विन्टर ब्रेक’ जनवरी ७ मा सकिँदैछ । बुन्डसलिगाले ‘विन्टर ब्रेक’ लिए पनि कोभिड–१९ ले भने ‘ब्रेक’ लिएन । 

अन्य लिगमा जस्तै बुन्डेसलिगामा पनि कोभिड छिरेको छ । च्याम्पियन बायर्न म्युनिखका नौ खेलाडी कोभिड संक्रमणका कारण आइसोलेसनमा छन् । फेरि संक्रमित सबै खेलाडी जर्मनीमा छैनन् । कप्तान म्यानुएल नुएर र रक्षक लुकास हर्नानडेज हाल माल्दिभ्समा छन् । बिदा मनाउन माल्दिभ्स गएका उनीहरू त्यही कोभिड संक्रमण परेका हुन् । 

यी दुई बाहेक किंगस्ले कोम्यान, कोरेन्टिन टोलिसो, अल्फन्सो डेभिस, लेरो साने, डेयोट उपमेकानो, ओमार रिचाड्र्स र टान्गुए नियान्जुमा पनि कोभिड संक्रमण पाइएको छ । कोभिडका कारण यत्तिको संख्यामा खेलाडी मैदानबाहिर रहने भएपछि बायर्नले बोरुसिया मन्चुनग्लाडबागविरुद्ध बलियो टिम उतार्न नसक्ने भएको छ ।

बायर्न र मन्चुनग्लाडबाग आउँदो शनिबार राति आमनेसामने हुँदैछन् । हुन त मन्चुनग्लाडबाग पनि कोभिडको प्रभावबाट अछुतो छैन । उसका चार खेलाडीमा कोभिड संक्रमण पुष्टि भइसकेको छ ।

मन्चुनग्लाडबागसँगको खेलका लागि बायर्नका प्रशिक्षक युलियान नागल्सम्यानसँग गोलरक्षकबाहेक १२ खेलाडी छन् । तीमध्ये लियोन ग्रोएज्का, निकोलस सुले र सर्ज गानब्रीको फिटनेसमा समस्या देखिएको छ । हुन त बुन्डेसलिगाको नियम अनुसार कुनै पनि टिमसँग एक गोलरक्षकसहित १५ खेलाडी हुनुपर्छ । नत्र खेल स्थगित गरिन्छ । तर बायर्नको खेल भने रोकिने छैन । 

बुन्डेसलिगामा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्ड पनि कोभिडबाट पीडित बनेको छ । पछिल्लो समय उसका दुई खेलाडीमा कोभिड पुष्टि भएको छ । यस साता डर्टमन्डले फ्रान्कफर्टसँग प्रतिस्पर्धा गर्दैछ । फ्रान्कफर्ट पनि कोभिडबाट मुक्त छैन । बुन्डेसलिगाकै आरबी लाइपजिगका पाँच खेलाडी कोभिड संक्रमित भएका छन् ।  

म्यानचेस्टर सिटीमा प्रवेश गर्‍याे कोभिड, ग्वार्डिओला र सात खेलाडी संक्रमित

इकागज | पुस २२, २०७८

काठमाडौँ- इंग्लिस प्रिमियर लिग खेल्ने कयौँ क्लब कोभिड–१९ बाट प्रभावित भइरहेका छन् । यो सूचीम...

ब्राजिलमा जन्मिएर इटालीका लागि खेल्ने खेलाडीको सूचीमा जोआओ पेड्रो थपिने

इकागज | पुस २२, २०७८

काठमाडौँ- जोर्गिन्हो इटालियन राष्ट्रिय फुटबल टिमका मुख्य मिडफिल्डर हुन् । ब्राजिलमा जन्मेका जोर्गिन्हो ...

एन्फा कार्यसमिति बैठकमा आफ्ना भनाइ राख्न दिन पूर्वअध्यक्ष थापाको अनुरोध

इकागज | पुस २०, २०७८

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले बिहीबार बस्ने एन्फा कार्यसमिति ...