सुशासन

यातायात कार्यालय जनकपुरमा अख्तियारको छापा

सुभाष कर्ण | माघ १३, २०७७
जनकपुरधाम : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरमा छापा मारेको छ । सेवाग्राहीसँग घूसवापत लिएको रकम कार्यालयमै लुकाएर राखिएको गोप्य सूचनाको आधारमा आयोगको बर्दिवासबाट खटिएको टोलीले कार्यालयमा छापा मारेको हो ।  सवारी चालक अनुमति पत्रवापत लिएको घूसको ठूलो रकम कार्यालय भित्र नगद नै भेट्ने जानकारी अख्तियारलाई जानकारी आएपछि टोलीले छापा मारेको अख्तियार कार्यालय बर्दिबासका अध...