सुशासन

एजेण्डा तय गर्न देउवाले बोलाए पदाधिकारी बैठक

इकागज | कात्तिक २०, २०७७
काठमाडौं : शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा तय गर्न नेपाली कांग्रेसका पदाधिकारी र शीर्ष नेताहरुको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो १ बजे बस्ने बैठकमा भोलीको बैठकको एजेण्डा र नेता रामचन्द्र पौडेल समूहले बुझाएको १६ बुँदे मागपत्रका विषयमा छलफल हुने केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । बैठकमा महाधिवेशनको मितिको खाका बनाउने र भोलीको बैठकमा पेस गरेर पास गर्ने ...