सरकार

नेपालमा अमेरिकी सेना आउने भ्रम छरियो : गृहमन्त्री खाँण

इकागज | चैत ३, २०७८

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन् । अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसिसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गरे ।
 
उनले जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी छ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताए । “वर्षायाममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनु परेको छ”, उनले भने, “नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री गर्न सकिए व्यापार घाटा कम हुन्छ ।”
 
उनले सरकार व्यवसायीमैत्री रहेको हुँदा उद्योग व्यवसायीको समस्यामा सहयोग गर्ने सरकारको दायित्व रहेको बताए । सरकार र जनता एउटै सिक्काको दुई पाटो रहेको जनाउँदै उनले सबैलाई सहयोग गर्ने विश्वास साट्न चाहेको बताए । कपिलवस्तु महोत्सव चैत १३ सम्म चल्नेछ । रासस 

फागु पूर्णिमा : राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना: कसले के भने ?

इकागज | चैत ३, २०७८

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद्अवसरमा स्वदेश...

युक्रेनबाट चार नेपालीको उद्दार गरेकोमा देउवाले मोदीलाई दिए धन्यवाद

इकागज | फागुन २८, २०७८

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले युक्रेनबाट भारतीयहरूसँगै चार नेपालीलाई उद्दार गरी ल्याइ...

संखुवासभा बस दुर्घटना : घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलतर्फ जाँदै

इकागज | फागुन २६, २०७८

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका-६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबा...

मतपत्र हरियो हुँदा के हुन्छ ? आयोग भन्छ : मतदाता र गणकमैत्री हुन्छ

इकागज | फागुन २५, २०७८

काठमाडौँ - निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङ...

युक्रेन मामिलामा नेपालको वक्तव्य असंलग्नताको परराष्ट्र नीतिकै मर्म अनुसारः मन्त्री खड्का

पुष्पराज आचार्य | फागुन २४, २०७८

काठमाडौँ– परराष्ट्र मन्त्री डा. नारायण खड्काले युक्रेनमाथि रुसको आक्रमणका बारेमा नेपालले दिएको वक्तव्य असं...

महाशिवरात्रिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना, कसले के भने ?

इकागज | फागुन १७, २०७८

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्...