सरकार

सातौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश

'विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्छ'

इकागज | बैशाख १२, २०७९

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारी एवं विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्ने बताएकी छन् । 

राष्ट्रपति भण्डारीले आज सातौँ भूकम्प स्मृति दिवसका अवसरमा जारी गरेको सन्देशमा विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्याउन सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहेको उल्लेख गरेकी छन् । साथै, उनले यस विषयमा सम्बद्ध सबैको ध्यान आकृष्ट गराएकी छन् । 

गोरखाको बारपाक केन्द्रविन्दु भई २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरूमा परी जीवन गुमाउनेप्रति उनले श्रद्धासुमन व्यक्त गरेकी छन् । 

बाँकी रहेका कामहरू सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरूलाई हस्तान्तरण भइसकेको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत भूकम्पपश्चात्को पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरूमा सहयोग गर्ने मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू र स्वयंसेवकहरू सबैलाई राष्ट्रपति भण्डारीले धन्यवाद ज्ञापन गरिन् ।

नेपाल विश्वका अति भूकम्पीय जोखिम भएका मुलुकहरूमध्येमा पर्दछ । हाम्रो देश भूकम्पीय जोखिममा पर्नुका मुख्य कारण भौगोलिक अवस्थिति र बनावट रहेको भए पनि मानव निर्मित कमजोर भौतिक संरचना पनि त्यतिकै जिम्मेवार रहेको छ ।

भ्यू टावर र सभाहल निर्माणका कार्यक्रम आगामी बजेटमा थप्दैनौँ : मन्त्री झाँक्री

इकागज | बैशाख ७, २०७९

काठमाडौं - शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायत...

नेताका वक्तव्यप्रति निर्वाचन आयुक्त असन्तुष्ट: भ्रम फैलाउनेलाई कारबाही गर्ने चेतावनी

इकागज | बैशाख ३, २०७९

मकवानपुर - निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न स्थानीय तहको निर्वाचन हुने/नहुने बारे भ्...

डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन संसारभर रहेका नेपालीलाई अर्थमन्त्रीको आग्रह

इकागज | बैशाख १, २०७९

लण्डन - अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहय...

समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक छ : प्रधानमन्त्री देउवा

इकागज | चैत २९, २०७८

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य ग...

प्रमुख निर्वाचन आयुक्त भन्छन्- निर्वाचनको रकेट उडिसक्यो, अझै हुँदैन भन्ने भ्रममा नपरौ

बाबुराम भण्डारी | चैत २९, २०७८

बिराटनगर - निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले अझै पनि निर्वाचन हुँदैन कि भन्ने भ्रम नपा...

आजदेखि निर्वाचन आचारसंहिता लागू, अब कसले के-के गर्न पाइँदैन ? [पूर्णपाठ]

इकागज | चैत २६, २०७८

काठमाडौं - गए रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउ...