स्वास्थ्य

थप २ सय ३ जनामा कोभिड-१९ संक्रमण

इकागज | भदौ २८, २०७९
काठमाडौँ- नेपालमा थप २ सय ३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ३ सय पिसिआर परीक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टिजेन परीक्षणका क्रममा १ सय १६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय २६ जना कोभिड संक्रमण मुक्त भएका छन् । हाल नेपालमा २ हजार २ सय ३२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्राल...